समाज

निषेधाज्ञाको अवस्थामा यसरी म्याद नाघेका खाद्य पदार्थ विक्री (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १७ गते १८:२१
निषेधाज्ञाको अवस्थामा यसरी म्याद नाघेका खाद्य पदार्थ विक्री (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७८ धादिङ । धादिङमा निषेधाज्ञाको मौका पारेर म्याद नाघेका खाद्यपदार्थ विक्री भैरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा ठूलो परिमाणमा अखाद्य वस्तु बरामद भएपछि निषेधाज्ञाको समयमा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भैरहेको भेटिएको हो ।

धादिङका १३ स्थानीय तहमध्ये ११ वटामा गरिएको अनुगमनका विभिन्न पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री बरामद भएका छन् । अनुगमनका क्रममा मैदा, पिठो, पुस्टकारी, नुन, दालमोट, विस्कुटलगायतका सामग्री म्याद नाघेको बेच्दै आएको भेटिएको छ ।

अनुगनका क्रममा मिति नाघेका खाद्य सामग्री बेच्ने, तोकिएको भन्दा बढी मूल्य लिने १८ वटा पसललाई कारबाहीको दायरमा ल्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बढी मूल्य लिएको र मिति नाघेका खाद्य सामग्रीको बिक्री वितरण भरहेको गुनासो आएपछि प्रशासनले लगातार अनुगमन गरिरहेको छ ।

हालसम्म २ सयभन्दा बढी फर्ममा अनुगमन गरिएको र कारबाहीका क्रममा २ लाख १० हजार जरिवाना गरिएको छ । अहिलेको समयमा कारबाही प्राथमिकतामा नभए पनि उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएकाले बाध्य भएर कारबाही गरिएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा मिति नाघेका, बढी मूल्य लिने र कतिपय उत्पादनमा उत्पादन मिति नै उल्लेख नगरिएको भेटिएको छ । पछिल्लो समय निषेधाज्ञाको समयमा अखाद्य सामग्री बेच्ने, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने लगायतका समस्या बढी देखिने गरेका छन् ।

उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने व्यक्ति तथा फर्महरुलाई अनुगमन गरेर मात्रै पर्याप्त हुँदैन कडा कारबाही हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *