समाज

प्रदेश–२ को बजेट अधिवेशन जेठ २४ गतेका लागि सिफारिस

हिमालय टिभी
२०७८ जेठ १७ गते १५:२६
प्रदेश–२ को बजेट अधिवेशन जेठ २४ गतेका लागि सिफारिस

१७ जेठ २०७८ धनुषा । प्रदेश–२ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश(२ मन्त्रिपरिषद्को आज बसेको बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन आह्वानको सिफारीस गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो । प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि शुरु भएको थियो ।

पाँचौ अधिवेशनमा चैत ३० र वैशाख १० गते गरी दुईवटा बैठक मात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको थियो ।

स्थगित गरिएको बैठक हालसम्म बस्न सकेको थिएन । प्रदेश सरकारले पाँचौ अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *