खेलकूद

फ्रेञ्च ओपन टेनिसमा जापानी खेलाडी नाओमी ओसाकाको विजयी शुरुवात

हिमालय टिभी
२०७८ जेठ १७ गते ८:४१
फ्रेञ्च ओपन टेनिसमा जापानी खेलाडी नाओमी ओसाकाको विजयी शुरुवात

१६ जेठ २०७८ काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेञ्च ओपन टेनिसमा विजयी शुरूवात गरेकी छिन् ।

दोस्रो वरियताकी ओसाकाले प्याट्रिसिया मारिया टिगलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएकी छिन् ।

उनले रोमानियाकी टिगलाई ६–४ र ७–६ को सेटमा हराइन् । दोस्रो चरणमा ओसाकाले रोमानियाकी आना बोगडानसँग खेल्ने छिन् ।

उता पूर्व विश्व नम्बर एञ्जेलिक केरबर भने पहिलो खेलमै पराजित भएकी छिन् । जर्मनीकी तीन पटकको ग्राण्डस्लाम विजेता केरबर क्वालिफायरबाट आएकी एन्हेलिना कालिनिनासँग ६–२ र ६४ ले पराजित भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्