आर्थिक

निजी क्षेत्र भन्छ- बजेट सकारात्मक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते २०:३०
निजी क्षेत्र भन्छ- बजेट सकारात्मक (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको बजेटप्रति निजी क्षेत्रले सकरात्मक प्रतिक्रिया दिएको छ । विषम परिस्थितिमा आएको बजेटले आफूहरुका सुझावलाई समेटेको भन्दै उद्योगी व्यवसायीले यसको कार्यान्वयन पक्षमा जोड दिएका छन् ।

कोरोना महामारीका कारण पोहोरदेखि नै देशका सबैजसो क्षेत्र अस्तव्यस्त छन् । त्यसैले उद्योगी व्यवसायीले कोरोना महामारीबाट सिर्जित समस्या समाधानमा जोड दिन अर्थमन्त्रीलाई सुझाव दिँदै आएका थिए । र बजेटले विगतदेखि नै उनीहरुले उठाउँदै आएका मुद्दा केही मात्रामा भए पनि समेटेको छ ।

कोरोना महामारीले सबैभन्दा बढी असर गरेको क्षेत्र हो पर्यटन । त्यसैले पर्यटन व्यवसायसँग सम्बन्धित साना तथा मझौला व्यवसायीले तत्काल ऋण माग्दै आएका थिए ।

तर साना तथा मझौला उद्योगीको यो मागलाई बजेटले समेटेको छैन । तर पर्यटन व्यवसायमा भ्याट छुट, पर्यटकलाई भिषा फ्री, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने लगायतका विषय बजेटमा समेटिएका छन् । यसलाई पर्यटन व्यवसायीले सकारात्मक भनेका छन् ।

बजेटले विद्युत व्यापारमा विद्युत प्राधिकरणको एकाधिकार तोडेर निजी क्षेत्रलाई बाटो खुला गरेको छ । जसलाई विद्युत उत्पादकहरुले सकारात्मक मानेका छन ।

बजेटलाई सकारात्मक भने पनि कार्यान्वयनमा भने उनीहरुले चुनौती देखेका छन् । राजनीतिक अस्थिरताका कारण राजनीतिक नेतृत्व अल्मल्लिएको अहिलेको अवस्थामा बजेट कार्यान्वयन कसरी होला भन्ने उनीहरुमा द्विविधा छ ।

योजना र नीति राम्रो बनाउने तर कार्यान्वयनमा ध्यान नदिने प्रवृत्ति पहिला देखिकै हो । र बजेटमा त यो प्रवृत्ति अझ धेरै छ । अब त्यो प्रवृत्ति अन्त्य गर्दै सरकारले बजेट कार्यान्यवनमा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *