खेलकूद
नेपाली फूटबल टोली इराकबाट कुवेत जाँदै
२०७८ जेठ १६ गते १९:०७

१६ जेठ २०७८ काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली विश्वकप र एसिया कप छनोटका बाँकी खेल खेल्न आज कुवेत जाँदैछ ।
छनोटको तयारीका लागि गत बुधबार इराकको बस्रामा पुगेको नेपाली टोली आज त्यहाँबाट नेपाली समय अनुसार राती पौने ९ बजे कुवेत जान लागेको हो ।
नेपाली टोली बस्राबाट करिब १ सय २६ किलोमिटरको दुरीमा रहेको कुवेतमा स्थल मार्ग भएर जाने टोली व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी गराएका छन् ।
विश्वकप र एसियाकप छनोट अन्तर्गत नेपालले कुवेतमा ३ खेल खेल्नेछ । नेपालले २० गते चाइनिज ताइपेइ, २४ गते जोर्डन तथा २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।
प्रतिक्रिया