समाज

गण्डकी प्रदेश सरकारले विश्वासको मत लिएपछि मात्र बजेट प्रस्तुत गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते १८:४७
गण्डकी प्रदेश सरकारले विश्वासको मत लिएपछि मात्र बजेट प्रस्तुत गर्ने (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले विश्वासको मत लिएपछि मात्रै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने बताउनु भएको छ ।

संविधान अनुसार सपथ खाएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ लिएको जेठ २७ गते ३० दिन पुग्छ । प्रदेश सभा बैठकमा प्रवक्ता बस्नेतले समयसीमाभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रष्ट गर्नुभयो ।

प्रवक्ता बस्नेतले सरकारले विश्वास मत पाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *