समाज

अक्सिजनको अभाव भएपछि दाङमा नागरिकस्तरबाट अक्सिजन बैंक अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते १४:१७
अक्सिजनको अभाव भएपछि दाङमा नागरिकस्तरबाट अक्सिजन बैंक अभियान (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ दाङ । कोभिड संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भएपछि दाङमा नागरिकस्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ । अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसक्ने बताउँदै आएका छन् ।

यस्तै स्थानीय तहमा स्थापना भएका आइसोलेशन सेन्टर अक्सिजन अभावकै कारण संचालन गर्न गाह्रो भएपछि नागरिकले स्वःस्फूर्त रुपमा रकम संकलन गरेर अक्सिजन आपूर्ति गर्न थालेका हुन् ।

जिल्ला संकट व्यवस्थापक केन्द्र दाङको निर्णय अनुसार दाङका दश वटै स्थानीय तहले आफ्नै क्षेत्रमा आवश्यक्ता अनुसारको कोभिड आइसोलेसन सेन्६र सञ्चालन गरेका छन् ।

कोभिड आइसोलेशन अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलेदेखि नै कोरोना संक्रमितको उपचार हुँदै आएको हो । ती सबै अस्पतालले बेड खाली हुँदा पनि अक्सिजनको अभावले थप बिरामी भर्ना गर्न नसकिने बताउन थालेपछि दाङका उद्योगी व्यवसायी तथा सर्वसाधारण नागरिकले अक्सिजन संकलनको अभियान थालेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार रुपियाँ अभियान थालिएको हो ।

तुलसीपुरमा पनि अक्सिजनका ५ सय सिलिन्डर किन्न सकिने गरी रकम संकलन भैसकेको छ । अक्सिजन बैंक नाम दिएर शुरु गरिएको अभियानले दाङमै अक्सिजन प्लाण्ट निर्माण गर्ने लक्ष्य राखेको छ ।

अक्सिजनको अभाव कम गर्न दाङका उद्योगले पनि दैनिक रुपमा निश्चित संख्या नै तोकेर सिलिण्डर आपूर्तिको जिम्मा लिएका छन् । यसरी ल्याइएका अक्सिजन सिलिण्डर र अभियान्ताबाट संकलन भएको अक्सिजन सिलिन्डर बिरामीको संख्याका आधारमा कोभिड अस्पताललाई वितरण गर्ने व्यवस्था मिलाइएको छ । दाङमा दैनिक करिब ३ सयभन्दा बढी सिलिण्डर अक्सिजन खपत हुँदै आएको छ ।

कोरोना महामारीको बेला सरोकारवाला निकायसँगै संघसंस्था तथा ब्यक्तिगत सहयोगले पनि संक्रमितको उपचारमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *