खेलकूद

चेल्सीले जित्यो युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधि

हिमालय टिभी
२०७८ जेठ १६ गते ८:०८
चेल्सीले जित्यो युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधि

१६ जेठ २०७८ काठमाडौं । युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ ।

पोर्चुगलमा गएराति अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई १–० ले हराउँदै चेल्सी दोस्रो पटक च्याम्पियन बनेको हो ।

पोर्टोस्थित स्टाडियो डो ड्रागाओ रंगशालामा चेल्सीको जितमा काइ हाभर्ट्जको गोल नै निर्णायक रह्यो । उनले ४३ औं मिनेटमा गोल गरेका थिए । यसअघि चेल्सीले सन् २ हजार १२ मा उपाधि उचालेको थियो ।

उता सिटी भने पहिलो पटक युरोपियन क्लब फूटबलको प्रतिष्ठित प्रतियोगिता जित्न असफल रह्यो । सिटी पहिलो पटक च्याम्पियन्स लीगको फाइनल पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्