खेलकूद

इराकसँगको मैत्रीपूर्ण फूटबलमा नेपाल ६–२ गोल अन्तरले पराजित

हिमालय टिभी
२०७८ जेठ १६ गते ८:०१
इराकसँगको मैत्रीपूर्ण फूटबलमा नेपाल ६–२ गोल अन्तरले पराजित

१६ जेठ २०७८ काठमाडौं । इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपाल पराजित भएको छ।

अल बसरास्थित अल फायना रंगशालामा घरेलु टोली इराकले नेपाललाई ६–२ को फराकिलो अन्तरले हराएको हो । सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेटमै अहमद इब्राहिम खलाफको आत्मघाती गोलको सहयोगले नेपालले १(१ गोल बराबरी गर्‍यो । अञ्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा खलाफले आत्मघाती गोल गरेका थिए । १४औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो ।

यस्तै २९ औंं मिनेटमा राष्ट्रिय टोलीमा डेब्यु गरेका मनिष डाँगीले गोल गर्दै नेपाललाई २(१ को अग्रता दिलाए । तर त्यसपछि इराकले लगातार पाँच गोल थपेको थियो । ३९औं मिनेटमा मोहमद अब्दुल्जारा ओबेदले गोल गर्दै खेल २(२ को बराबरी गरे ।

इराकका लागि ४० औं र इञ्जुरी समयमा अयमन हुसेनले दुई, ६७ औं मिनेटमा मोहम्मेद रिदा एल एलायमी र ७५ औं मिनेटमा सजाद जसमी अलसाराफीलले गोल थपेका थिए । नेपाल इराकसँग चौथो पटक पनि पराजित भएको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पहिलो खेल हो । अब नेपाल फिफा विश्वकप तथा एसियन कप छनोटका लागि नेपाल आजै कुवेत जानेछ ।

नेपालले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । ३ अंकका साथ नेपाल चौथो स्थानमा छ। ५ खेलमा खेलेको नेपालले १ खेलमा जित र ४ खेल हारेको छ ।

उता पुछारको चाइनिज ताइपेइ अंकविहिन छ। अष्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा रहँदा कुवेत र जोर्डनको समान १०–१० अंक छ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो चरणमा सोझै स्थान बनाउने भएकाले पनि छनोटको अवसर रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्