समाज

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् पुनर्गठन

हिमालय टिभी
२०७८ जेठ १४ गते १९:४५
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् पुनर्गठन

१४ जेठ २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । दुई जना मन्त्री हटाइएको छ भने चारजना मन्त्री र चारजना राज्यमन्त्री थपिएको छ ।

प्रदेश सरकारका विषयमा नेकपा एमालेभित्र विवाद चलिरहँदा मुख्यमन्त्री भट्टले मन्त्रिमण्डल हेरफेर गर्नुभएको हो ।

नेकपा एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएर बाहिरिनुभएको छ ।

एमालेबाटै भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी नियुक्त हुनुभएको छ । एमाले संसदीय दलका नेता शाह यसअघि आन्तरिक मामिला र कानुन मन्त्री हुनुहुन्थ्यो ।

त्यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज नै शपथ लिएका छन् । नयाँ मन्त्री र राज्यमन्त्री माओवादी केन्द्र र एमालेको नेपाल खनाल समूहका हुन् । एमालेको ओली पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिन भने पनि नेपाल खनाल पक्षले अश्वीकार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *