एसियन च्याम्पियनशीपका लागि नेपाली भलिबल टोली घोषणा

१४ जेठ २०७८ काठमाडौं । एसियन च्याम्पियनसिपको तयारीका लागि नेपाल भलिबल संघले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
संघकी उपाध्यक्ष निरोज मास्के संयोजकत्वको तीन सदस्यीय छनोट समितिले ३० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको हो ।
समितिले गत चैतमा सम्पन्न पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरेको जनाएको छ ।
९ जनाले पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । ५ खेलाडीलाई वैकल्पिकको सुचीमा राखिएको छ । बन्द प्रशिक्षणमा आर्मीका ८, न्यु डायमण्ड, एपिएफ र नेपाल पुलिस क्लबका ७(७ खेलाडी परेका छन् ।
यी वाहेक भरतपुरकी सरस्वती कट्टेल मात्र पर्न सफल भएकी छन् । संघले जगदीश भट्टलाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिने बताएको छ ।
बन्द प्रशिक्षण यहि २१ गतेदेखी राखेप कभर्ड हलमा सुरु गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया