खेलकूद

बार्सिलोनाका कप्तान मेस्सीलाई सम्झौता थप गर्न प्रस्ताव

हिमालय टिभी
२०७८ जेठ १४ गते ८:५७
बार्सिलोनाका कप्तान मेस्सीलाई सम्झौता थप गर्न प्रस्ताव

१४ जेठ २०७८ काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले कप्तान लियोनल मेस्सीलाई सम्झौता थप गर्नका लागि प्रस्ताव गरेको छ ।

बार्सिलोनाले मेस्सीलाई औपचारिक रुपमा नवीकरणका लागि प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

तर, मेस्सीले सम्झौता नविकरणबारे क्लबलाई कुनै जवाफ दिएका छैनन् । अर्जेन्टिनाका स्ट्राइकर मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुन ३० बाट सकिदैछ ।

मेस्सीलाई क्लबमै राख्ने बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाको मुख्य योजना रहेको छ । उनले क्लबको निर्वाचनका क्रममा आफ्नो मुख्य एजेण्डा नै मेस्सी क्लबमै राख्ने रहेको थियो । ३३ वर्षीय मेस्सी अहिले अर्जेन्टिनामा बिदा मनाइरहेका छन् ।

घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकाका लागि मेस्सी सिजनको अन्त्यसँगै अर्जेन्टिना पुगेका छन् । पछिल्लो समय मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलासँग पनि नजिकिएका छन् ।

मर्स्सीले बार्सिलोनामै रहनका लागि आफुले चयन गरेका केही खेलाडी ल्याउनुपर्ने सर्त राखेको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्