खेलकूद

भियारियालले जित्यो युरोपा लीग फूटबलको उपाधि

हिमालय टिभी
२०७८ जेठ १३ गते ८:२५
भियारियालले जित्यो युरोपा लीग फूटबलको उपाधि

१३ जेठ २०७८ काठमाडौं । युरोपा लीग फूटबलको उपाधि स्पेनिस क्लब भियारियालले जितेको छ ।

फाइनलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै भियारियालले उपाधि उचालेको हो । पेनाल्टीमा ११–१० गोलले विजयी भियारियालको यो कुनै पनि युरोपियन फूटबलको पहिलो उपाधि समेत हो ।

९८ वर्षको इतिहास बोकेको भियारियाल पहिलो पटक कुनै युरोपियन फूटबलको फाइनलमा पुगेको थियो । पोल्याण्डको गडान्स्कमा निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो ।

२९औं मिनेटमा मोरेनोको गोलसँगै भियारियालले अग्रता लिएको थियो । तर ५५‍औं मिनेटमा म्यानचेष्टरका इडिन्सन काभानीले गोल गर्दै खेल १–१ गोलको बराबरी गरे । त्यसपछि निर्धारित र ३० मिनेटको अतिरिक्त समयमा पनि दुबै टोलीले थप गोल गर्न सकेनन् ।

पेनाल्टीमा १० वटासम्म दुबै टोलीका तर्फबाट गोल भएको थियो । तर ११ औं पेनाल्टीमा युनाइटेडका गोलकिपर डाविड डे हेयाको प्रहार जेरेनिमो रुल्लीले बचाएका थिए । त्यसपछि अर्को पेनाल्टीमा भियारियालका किपर रुल्लीले गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

फूटबलमा २१ वटा पेनाल्टी कमै देख्न पाइन्छ । फाइनल खेलका लागि झण्डै १० हजार दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्