समाज
पिपलाडी स्वास्थ्य चौकीमा १५ शैयाको आइसोलेशन सेन्टर (भिडियो रिपोर्टसहित)
२०७८ जेठ १२ गते १८:१७

१२ जेठ २०७८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पिपलाडी स्वास्थ्य चौकीमा स्वास्थ्य सेवासहितको १५ शैयाको आइसोलेशन सेन्टर बनाउने भएको छ ।
नगरपालिकाले ३ महिनाअघि नै ५ बेडको आइसोलेशन सेन्टर सञ्चालन गरेको थियो । तर अहिले कोरोना संक्रमित थपिरहेकाले यसलाई १५ बेडको बनाउन लागिएको हो ।
आइसोलेशन सेन्टरमा स्वास्थ्यकर्मी तथा अक्सिजनसहितका स्वास्थ्य सामग्री उपलब्ध छन् । आवश्यक सामान नगरपालिकाले उपलब्ध गराउँदै आएकोछ ।
नगरपालिकाले सामान्य संक्रमितको उपचार यही सेन्टरमा गर्दै आएको छ । सिकिस्त संक्रमितलाई भने अन्य अस्पतालमा पठाउने गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकामा अहिलेसम्म साढे ४ सय जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ३ सय १८ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया