खेलकूद

मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली इराक प्रस्थान

हिमालय टिभी
२०७८ जेठ १२ गते ७:३९
मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली इराक प्रस्थान

१२ जेठ २०७८ काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फूटबल टोली इराक प्रस्थान गरेको छ ।

कतार एयरवेजको चार्टड विमानमार्फत २३ सदस्यीय खेलाडीसहित ३५ जनाको टोली गएराति इराक प्रस्थान गरेको हो । नेपालले यही जेठ १५ गते बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

इराकसँग नेपालले करिव १० बर्षपछि खेल्न लागेको हो । सन् २ हजार ११ मा विश्वकप छनोटमा इराकले नेपाललाई चार(दुई गोलले हराएको थियो । मैत्रीपूर्ण खेलपछि नेपाली टोली १६ गते आइतबार सडक मार्ग हुँदै कुवेत जानेछ ।

कुवेतमा नेपालले फिफा विश्वकप छनोट तथा एसियन कप छनोटका बाँकी तीन खेल खेल्नेछ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एकमा जित र चार खेल हारेको छ ।

नेपालको विश्वकप छनौटको अर्को चरणमा जाने सम्भावना निकै कम छ । नेपालले जेठ २० गते चाइनीज ताइपेइसँग, जेठ २५ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल खेल्नेछ । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

यसपटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् । नेपाली टोलीमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाल पनि अफिसियलका रुपमा इराक गएका छन् । टोली जेठ २९ गते स्वदेश फर्किने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्