समाज

सरकारमाथि घाटबाट मलामीले लगाए यस्तो आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १६:५३
सरकारमाथि घाटबाट मलामीले लगाए यस्तो आरोप (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणले मृत्यु भएकाका आफन्त र अभियन्ताले सरकारले शव व्यवस्थापनमा ढिलासुस्ती गरेको आरोप लगाएका छन् । प्रदेश अस्पतालमा कोरोनाका कारण मृत्यु भएपछि अन्त्येष्टिका लागि भेरी नदीको घाटमा पुगेका मलामीले सरकारको आलोचना गरेका हुन् ।

कर्णाली प्रदेश अस्पतालमा आइतबार एकै दिन १० जनाको निधन भयो । तर एक जनाको अन्त्येष्टिमा समस्या भयो ।

शंक्रमितको शव व्यवस्थापन गर्दै आएको सेनाले सुर्खेतमा मृतकको शव अस्पतालबाट घाटसम्म पुर्‍याइदिने गरेको छ । जसले गर्दा आफन्त नभएका अन्य जिल्लाका मृतकको अन्त्येष्टिमा समस्या पर्ने गरेको छ ।

अन्य केही ठाउँमा सेनाले अन्त्येष्टिसमेत गर्ने गरेको छ । तर सुर्खेतमा भने शव घाट पुर्‍याएर सेनाको टोली फर्कन्छ । मलामी भए उनीहरुले अन्त्येष्टि गर्छन् । तर मलामी छैनन् भने उनीहरुको अन्त्येष्टिमा समस्या पर्छ । कोभिड १९ सेल्फ हेल्प समूह, मोटेग्याङ्ग लगायत सामाजिक अभियान्ताले शव व्यवस्थापन सहयोग गरिरहेका छन् ।

शव व्यवस्थापनमा सामाजिक अभियन्तालाई पनि समस्या छ । त्यसैले उनीहरुले यो काम राज्यपक्षबाट नै हुनु पर्ने माग गरेका छन् ।

कर्णाली प्रदेश सरकार र संघीय सरकार सत्ता र शक्तिको होडमा लागेको र कोरोनाका बिरामीको उपचार, कोरोना नियन्त्रण र मृतकको शव व्यवस्थापनमा उदासिन बनेको आरोपसमेत लाग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *