समाज

झापामा कोरोना संक्रमितको शव व्यवस्थापनमा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १६:४६
झापामा कोरोना संक्रमितको शव व्यवस्थापनमा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ झापा । झापामा श्री नयाँ श्रीनाथ गण चारआलीले जिम्मा पाएदेखि १ सय ६१ जना कोरोना संक्रमितको शव व्यवस्थापन गरिसकेको छ । हालसम्म झापामा कोरोना संक्रमणबाट २ सय ११ जनाको मृत्यु भएको छ । तर शव व्यवस्थापन चुनौतिपूर्ण छ ।

कोरोना संक्रमणका कारण मृत्यु भएका आफन्तलाई पीडा त छँदैछ । त्यसमाथि चाहे जस्तो सदगत गर्न पनि निकै समस्या छ । कोरोना संक्रमणका कारण मृत्यु भएकालाई नेपाली सेनाले सम्मान साथ अन्त्येष्टि गर्ने गरेको छ । सेनाले ६ वटा ३–३ जनाको टोली बनाएर शव व्यवस्थापनको काम गरिरहेको छ । झापाको चर्को गर्मीका बीच नेपाली सेनाले शव व्यवस्थापन गरिरहेको छ ।

सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा झापामा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनमा समस्या हुने गरेको छ । स्वास्थ्य कार्यालयले शव व्यवस्थापनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराए पनि शव वाहन समयमा नपाउँदा र स्थानीय सरकारबीच समन्वय नहुँदा समस्या भएको नेपाली सेनाले जनाएको छ ।

शव व्यवस्थापनमा सेनालाई रकम दिनुपर्छ भनी केही बिचौलियाले फाइदा लिन खोजेको गुनासो आएको सेनाले जनाएको छ । नेपाली सेनाले शव व्यवस्थापन निःशुल्क गर्ने भन्दै कसैले पैसा मागे जानकारी दिन आग्रह गरेको छ ।

कोरोना सङ्क्रमितको शव व्यवस्थापन कार्यलाई थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई तालिम पनि सञ्चालन गरिरहेको छ । सेनाले प्रदेश १ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका स्काउटरलाई संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *