आर्थिक

आगामी बजेटका लागि उद्योग वाणिज्य महासंघले दियो यस्तो सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १६:२०
आगामी बजेटका लागि उद्योग वाणिज्य महासंघले दियो यस्तो सुझाव (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्र पुरानै लयमा फर्काउने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सुझाव दिएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसंग थला परेको अर्थतन्त्र लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपेटामा परेको बताउनुभयो ।

उहाँले बजार चलायमान बनाउने गरी अर्थतन्त्रका मुद्दा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आगामी बजेटले कोभिड महामारीबाट नागरिकलाई बचाउन खोप र स्वास्स्थ्य पूर्वाधारको व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले साना तथा मझौला व्यवसाय र कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

सरकारले यहि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *