समाज

तनहुँमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १४:०३
तनहुँमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ दमौली । तनहुँमा कोरोना भाइरसको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ ।

व्यास नगरपालिकाले जिल्लाका १० वटै स्थानीय तहका लागि समेत हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

सबै स्थानीय संक्रमित परीक्षणको दायरामा नआउने, आउँदा ढिलो आउने, पीसीआर परीक्षणको प्रतिवेदन आउन हप्ता दिनभन्दा बढी सङक्रमितको पहिचान नभएसम्म उपचार प्रक्रियामा ल्याउन कठिन भएकाले नगरपालिकाभित्रै पीसीआर ल्याब स्थापना गर्न लागिएको हो ।

व्यास नगरपालिका वडा नम्बर १०, दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा परीक्षण प्रयोगशाला स्थापना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *