अन्तर्वार्ता

एमाले अध्यक्ष ओली पार्टी फुटाउने दिशामा अघि बढेको नेता श्रेष्ठको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १३:१९
एमाले अध्यक्ष ओली पार्टी फुटाउने दिशामा अघि बढेको नेता श्रेष्ठको आरोप (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओली विधिको शासनविरुद्ध तानाशाही र स्वेच्छाचारी ढंगले परिचालित हुँदै गएको उहाँले बताउनुभयो । हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता श्रेष्ठले पार्टीमा पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका नेताहरुलाई कारबाही गरेर ओलीले नेकपा एमाले फुटाउन खोजेको आरोप लगाउनुभयो ।

तपाइँहरुलाई पनि स्पष्टिकरण सोधिएको छ नि ? भन्ने प्रश्नमा नेता श्रेष्ठले स्पष्टिकरण सोधिएको पत्र आफूहरुलाई प्राप्त नभएको बताउनुभयो । पत्र हेरिसकेपछि मात्रै स्पष्टिकरण दिने नदिने निर्णय गर्ने उहाँको भनाइ छ ।

विपक्षी गठबन्धनमा लागेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनउनुपर्ने प्रस्तावमा हस्ताक्षर गरेको भन्दै श्रेष्ठसहित १२ सांसदलाई स्पष्टिकरण सोधिएको छ ।

आफूहरु एकताको पक्षमा लाग्दालाग्दै अध्यक्ष ओलीकै कारण नेकपा एमाले फुटको संघारमा पुगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्