खेलकूद

मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली आज इराक जाँदै

हिमालय टिभी
२०७८ जेठ ११ गते ८:००
मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली आज इराक जाँदै

११ जेठ २०७८ काठमाडौं । इराकसँग मैत्रीपूर्ण फूटबल खेलका लागि नेपाली राष्ट्रिय टोली आज इराक जाँदैछ ।

२३ खेलाडीसहित ३५ सदस्सीय टोली आज राति इराक जाने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ ।

विश्व फूटबल महासंघ फिफाको सहयोगमा कतार एयरवेजको चार्टर्ड विमानबाट टोली राति १० बजे इराक जान लागेको हो । यसअघि त्यहाँ जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपालले यही जेठ १५ गते बसरा अन्तरराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

मैत्रीपूर्ण खेलपछि टोली आइतबार सडक मार्ग हुँदै कुवेत जानेछ । कुवेतमा नेपालले फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप छनौटमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एकमा जित र चार खेल हारेको छ । नेपालको विश्वकप छनौटको अर्को चरणमा जाने सम्भावना निकै कम छ । नेपालले जेठ २० गते चाइनीज ताइपेइसँग, जेठ २५ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल खेल्नेछ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसपटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्