समाज

दाङका युवाको अभियान : संक्रमितलाई पौष्टिक आहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १० गते १९:१३
दाङका युवाको अभियान : संक्रमितलाई पौष्टिक आहार (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ दाङ । दाङमा अधिकांश संक्रमित होम आइसोलशनमा छन् । लक्षण देखिएका कतिपय संक्रमित स्थानीय तहका आइसोलेशन तथा विभिन्न अस्पतालमा उपचाररत छन् । यसरी उपचार गराइरहेका संक्रमितलाई दाङका युवाले पौष्टिक आहार खुवाउने अभियान शुरु गरेका छन् ।

दाङमा चिया गफमा ब्यस्त हुने एउटा युवा समूह थियो । यो दृष्यमा देखिएको त्यही समूह हो । कोरोना महामारी चलिरहँदा चिया छलफलले एउटा गजबको आइडिया फुरायो ।

कोरोना संक्रमितलाई पौष्टिक आहार अन्तर्गत चना, अण्डा, मिनरल वाटर तथा दूध उपलब्ध गराउने योजना बुनेर ‘फिल्ड’मा उत्रिएको यो समूहलाई अभियान शुरु गर्न गाह्रो थियो । १७ जनाको समूह बनाएर काम सुरु गरेको यो समुहले ४(४ जनाको समूह बनायो र पालैपालो काममा खटियो ।

पहिलो दिन निकटस्तहरुको सहयोगका आधारमा बेलझुण्डी अस्पतालमा रहेका ७७ जना संक्रमितलाई आहारा पुर्‍याए । यो समूहले दोस्रो दिनदेखि लमही आसोलेशनमा रहेका संक्रमितलाई आहार पुर्‍याइरहेको छ । यो अभियान महामारी रहँदासम्म जारी रहने समूहले बताएको छ ।

कोरोनाका संक्रमितलाई पौष्टिक आहार खुवाउने अभियानबाट सामाजिक अभियानमा जोडेको यो युवा समूहले हरेक बिपद्‍मा सहयोग गर्ने लक्ष लिएको छ । कोरोना न्यूनिकरणका लागि सरकार उदासिन बनेकाले अभियान चलाउनु परेको युवाको दाबी छ ।

पौष्टिक आहार खान पाउँदा बिरामी पनि खुसी छन् । संक्रमणलाई जित्न यो पौष्टिक आहारको महत्वपूर्ण भूमिका हुने भएकाले प्रत्येक दिन नास्ताको रुपमा यो पौष्टिक आहार प्रदान गर्ने समूहप्रति अस्पताल प्रशासनले आभार व्यक्त गरेको छ ।

महामारीविरुद्ध सबै एकजुट भएर लाग्न सके त्यसविरुद्ध विजय हासिल गर्न सकिन्छ । आफू केही नगर्ने युवाका लागि यो अभियान गतिलो जवाफ पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *