समाज
नियमविपरीत वनको जग्गामा भवन बनाउन प्रदेश सरकारको अनुमति (भिडियो रिपोर्टसहित)
२०७८ जेठ १० गते १६:५५

१० जेठ २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नियमविपरीत वनकै जग्गामा संस्थाको भवन बनाउन अनुमति र बजेट दिएको पाइएको छ ।
प्रदेश सरकारको लगानीमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट सम्झौता गरी यो भवन निर्माण शुरु भएको हो ।
कैलालीको गोदावरी नगरपालिकास्थित दुर्गालक्ष्मी सामुदायिक वनको जमिनमा जनयुद्धका घाइते अपाङ्ग संरक्षण मञ्च नामक संस्थाको भवन निर्माण गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन पनि गरेको छ । वन उपभोक्ताले नियमविपरीत तरिकाले बनेको भन्दै यो भवन भत्काउन माग गरेका छन् ।
वन कार्यालयले पनि वनभित्र कसैलाई पनि बिना अनुमति स्थायी संरचना बनाउने अधिकार नरहेको भन्दै भवन भत्काउन निर्देशन दिएको जनाएको छ ।
वनमा भवन बनाउने संस्था तत्कालिन माओवादी लडाकूका लागि खोलिएको हो ।
प्रतिक्रिया