प्रिमियर लीगमा म्यानचेष्टर सिटीको शानदार जित
१० जेठ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग च्याम्पियन म्यानचेष्टर सिटीले शानदार नतिजासहित प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
अन्तिम खेलमा लीग विजेता सिटीले एभर्टनमाथि ५–० को जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा सर्जियो अग्वेरोले दुई तथा केभिन डी ब्रुनी, गेबरियल जिसस र फिल फोडेनले एकएक गोल गरे ।
सिजको अन्त्यससँगै सिटीले ३८ खेलबाट ८६ अंक जोड्यो ।
यस्तै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले उल्फ्सलाई २–१ ले हरायो ।
उता तेस्रो स्थान अनि साविक विजेता लिभरपुलले क्रिष्टल प्यालेलाई २–० गोलले हरायो । लिभरपुलको जितमा दुबै गोल साडियो मानेले गरे ।
त्यस्तै लीग चरणका अन्तिम खेलमा टोटनह्यामले लेष्टर सिटीमाथि ४–२, वेष्टह्याम युनाइटेडले साउथह्याम्टनमाथि ३–०, आर्सनलले ब्राइटनमाथि २–०, लिड्स युनाइटेडले वेष्ट ब्रोममाथि ३–१, एष्टन भिल्ललाले चेल्सीलाई २–१, न्यूक्यासल युनाइटेडले फूलह्याममाथि २–० र सेफिल्ड युनाइटेडले बर्नलीमाथि १० जित निकाले ।
हारका बावजूद चेल्सी च्याम्पियन्स लीगका लागि छनौट भएको छ । यस्तै फूलह्याम, वेष्ट ब्रोम र सेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् ।
प्रतिक्रिया