समाज

धौलागिरि अस्पताललाई मेयर नेपालीद्वारा अक्सिजन सिलिण्डर सहयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ९ गते १९:१३
धौलागिरि अस्पताललाई मेयर नेपालीद्वारा अक्सिजन सिलिण्डर सहयोग (भिडियो रिपोर्टसहित)

९ जेठ २०७८ बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले व्यक्तिगत रुपमा धौलागिरी अस्पताललाई ५ लाख नगद र ३० वटा अक्सिजन सिलिण्डर सहयोग गर्नु भएको छ ।

कोरोना संक्रमण तिब्र रुपमा फैलिरहँदा अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ । अक्सिजन अभावमा कुनै पनि संक्रमित उपचारबाट वञ्चित नहुन भनेर सहयोग गरेको मेयर नेपालीले बताउनुभयो ।

धौलागिरि अस्पतालमा उपचाररत बिरामीका लागि अस्पतालको अक्सिजन प्लान्टले भ्याएको छैन ।

अस्पतालले दैनिक एक सय भन्दा बढी सिलिण्डर अक्सिजन बाहिरबाट किनेर विरामीको उपचार गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *