समाज

बागमती प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गते शुरु हुने

हिमालय टिभी
२०७८ जेठ ९ गते १८:१७
बागमती प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गते शुरु हुने

९ जेठ २०७८ काठमाडौं । बागमती प्रदेश सभाको आठौं अधिवेशन जेठ १६ गते शुरु हुने भएको छ ।

सरकारको सिफारिसका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको हो । असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम ल्याउन अधिवेशन बोलाइएको हो ।

प्रदेश सभामा विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्ष दलले माग गरेका छन् । तर सरकारले नमान्दा विपक्षी दलले संसद अवरुद्ध गर्दै आएका थिए ।

सातौं अधिवेशनमा पेश हुन नसकेका लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन र समितिका प्रतिवेदन बजेट अधिवेशनमा पेश हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *