आर्थिक

निषेधाज्ञाले किसानको तरकारी यसरी बारीमै कुहियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ९ गते १७:३०
निषेधाज्ञाले किसानको तरकारी यसरी बारीमै कुहियो (भिडियो रिपोर्टसहित)

९ जेठ २०७८ काठमाडौं । निषेधाज्ञा शुरु भएपछि काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा तरकारीको भाउ अकाशिएको छ । उपभोक्ता मंहगोमा तरकारी किन्न बाध्य छन् । तर किसानले भने तरकारी बेच्न पाएका छैनन् । त्यसैले किसानको तरकारी अहिले खेतबारीमा कुहिएर खेर गइरहेको छ ।

धादिङ्गको तरकारी बारी ।

अनि सुदूरपश्चिम कैलालीको ।

कैलाली र धादिङ्ग मात्र हैन अहिले देशै भरिका किसानको बारीमा यसरी तरकारी कुहिएको देख्न सकिन्छ ।

कोरोना महामारी नियन्त्रणका लागि देशका ७५ जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका गाडी चलेका छैनन् । त्यसैले व्यापरीले किसानको खेतमा गएर तरकारी उठाएका छैनन् । जसका कारण तरकारी यसरी खेतबारीमा नै कुहिएको छ ।

सरकारले तरकारी तथा खाद्यान्नका पसल सीमित समय खोल्न दिएको छ। तरकारी ढुवानी गर्न र बेच्न पनि छुट छ । केही किसानले नजिकका बजारमा लगेर तरकारी बेच्ने प्रयास पनि गरेका छन् । तर पनि तरकारी बिकिरहेको छैन ।

नबिक्ने भएपछि किसानले तरकारी टिप्न नै छाडेका छन् । आफुले पसिना बगाएर उत्पादन गरेको तरकारी कुहाएर फाल्नुपर्दा उनीहरु दुखी छन् ।

पोहोर पनि खेतबारीमा तरकारी टिप्ने बेला भएपछि लकडाउन भयो । यसपाली पनि त्यस्तै भयो । आम्दानीको श्रोत नै तरकारी बनाएका किसान अहिले आर्थिक रुपमा समस्यामा परेका छन् । उनीहरुलाई घर चलाउन नै गाह्रो भइरहेको छ ।

एकातिर किसानको खेतबारीमा यसरी तरकारी सडेर खेर गइरहेको छ भने अर्को तिर शहरी क्षेत्रका उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ ।

काठमाडौंसहितका देशका सहरी क्षेत्रमाआपुर्ति कम भएपछि तरकारीको भाउ बढेको हो । किसानको खेतबारीबाट तरकारी उठाएर शहरी क्षेत्रमा पुर्‍याउन सरकारले ध्यान दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *