खेलकूद

एट्लेटिको मड्रिडले जित्यो ला लिगा फूटबलको उपाधि

हिमालय टिभी
२०७८ जेठ ९ गते ७:५८
एट्लेटिको मड्रिडले जित्यो ला लिगा फूटबलको उपाधि

९ जेठ २०७८ काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फूटबलको उपाधि जितेको छ ।

सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले ११ औं पटक ला लिगाको उपाधि उचालेको हो । घरेलु मैदानमा भालाडोलिडले १८ औं मिनेटमा ओस्कार प्लानोको गोलबाट अग्रता बनायो ।

तर दोस्रो हाफमा लगातार दुई गोल थप्दै एट्लेटिको सात वर्षपछि च्याम्पियन बन्न सफल भयो । उसका लागि ५७औं एञ्जल कोरेए र ६७औं मिनेटमा लुइस स्वारेजले गोल गरे ।

सिजनको अन्त्यसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो । उता भालाडोलिड रेलिगेशनमा परेको छ ।

उता अर्को उपाधि दाबेदार रियल मड्रिडले भिल्लारियालमाथि २–१ को नै जित निकाल्यो । रियलका लागि करिम बेञ्जिमा र लुका मोड्रिले गोल गरे ।

भिल्लारियालकातर्फबाट एरिमी पिनोले गोल गरेका थिए । रियलले च्याम्पियन एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि पर्दैो सिजको अन्त्य गरेको छ । रियलले ३८ खेलबाट ८४ अंक जोड्यो ।

ला लिगा अन्तर्गत नै गएराति सकिएका सिजनका अन्तिम खेलमा तेस्रो स्थानको बार्सिलोनाले इबरलाई १–०, रियल बेटिसले सेल्टा भिगोलाई ३–२, इल्चीले एथ्लेटिको बिल्बाओलाई २–० र रियल सोसिडाडले ओसासुनालाई १० ले हराउँदा ह्यूस्का र भ्यालेन्सियाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्