समाज

भेरी अस्पतालमा अक्सिजनको समस्या तत्कालका लागि यसरी भयो समाधान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ८ गते १६:३३
भेरी अस्पतालमा अक्सिजनको समस्या तत्कालका लागि यसरी भयो समाधान (भिडियो रिपोर्टसहित)

८ जेठ २०७८ काठमाडौं । नेपालगन्जको भेरी अस्पतालमा अक्सिजन अभावको समस्या तत्कालका लागि समाधान भएको छ ।

अस्पतालमा हालै निर्माण भएको लिक्विड ट्याङ्क भरेर पाइपलाइन बिस्तार गरी कोरोनाका सिकिस्त बिरामीलाई सहज रुपमा अक्सिजन दिन शुरु गरिएको हो । पहिलो चरणमा ६८ वटा बेडमा लिक्विड अक्सिजन दिन शुरु गरिएको छ ।

कोरोना संक्रमण दर केही घटे पनि भेरी अस्पतालमा अहिले पनि अक्सिजन दिनुपर्ने २ सय ९ जना बिरामीको उपचार भइरहेको छ । भारतबाट ट्यांकरमा लिक्विड अक्सिजन ल्याएर ट्याङ्कीमा भन्डारण गर्ने र आवश्यकता अनुसार बिरामीलाई दिने व्यवस्था मिलाइएपछि उपचारमा केही सहज भएको छ ।

अस्पतालले लिक्विड अक्सिजन चलाउन थालेपछि उद्योगबाट आयात गर्ने सिलिन्डरको संख्या ५० प्रतिशत घटेको छ । अहिले ५० प्रतिशत लिक्विडबाट र ५० प्रतिशत सिलिन्डरमा भरेको अक्सिजन दिने व्यवस्था मिलाइएको छ ।

७२ लाख रुपैयँँको लागतमा भेरी अस्पतालले २० टन क्षमताको लिक्विड अक्सिजन ट्याङ्क राखेको हो । यो ट्याङ्कीमा २ हजार सिलिन्डर बराबरको अक्सिजन भन्डारण गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *