राजनीति

संसद विघटनविरुद्ध सडक र कानूनी लडाइँ लड्ने प्रचण्डको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ८ गते १५:०६
संसद विघटनविरुद्ध सडक र कानूनी लडाइँ लड्ने प्रचण्डको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

८ जेठ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने बताउनुभएको छ ।

पाँचदलको बैठकपछि आज बानेश्वरमा संचारकर्मीसँग प्रचण्डले मध्यराती अप्रत्यासित रुपमा निरंकुश र षडयन्त्रमूलक तरिकाले संसद विघटन गरिएको बताउनुभयो । उहाँले त्यसको प्रतिवाद सडक र अदालतबाट गर्ने बताउनुभयो ।

प्रचण्डले कोरानाको महामारीविरुद्ध लडनुपर्ने बेलामा राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्रमूलक ढंगले देशलाई दुर्घटनातिर धकेलेको पनि प्रचण्डको आरोप छ । उहाँले यसविरुद्ध स्थानीय तहबाटै विरोध गर्ने बताउनुभयो।

संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक अहिले केहिबेरमा केन्द्रीय कार्यालय कोटेश्वरमा बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्