खेलकूद

सन् २०२३ को फिफा महिला विश्वकप जुलाईमा हुने

हिमालय टिभी
२०७८ जेठ ८ गते ९:१५
सन् २०२३ को फिफा महिला विश्वकप जुलाईमा हुने

८ जेठ २०७८ काठमाडौं । सन् २०२३ को फिफा महिला विश्वकप फूटबलको मिति तय भएको छ । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुने फिफाले जनाएको छ ।

विश्वकपको उद्घाटन न्युजिल्याण्ड अकल्याण्डस्थित इडेन पार्कमा हुनेछ भने फाइनल खेल अष्ट्रेलियाको सिड्नी स्टेडियममा हुनेछ । अष्ट्रेलियाको सिड्नीसँगै मेलबर्न, ब्रिसबेन, एडिलेट र पर्थमा खेलहरु हुनेछ ।

यस्तै न्युजिल्याण्डको अकल्याण्ड, डुनेडिन, ह्यामिल्टन र विलिङटनमा हुनेछ । यसअघि फ्रान्समा भएको विश्वकपको उपाधि अमेरिकाले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्