अन्तर्वार्ता

राष्ट्रपतिले सामान्य विवेकसमेत प्रयोग नगर्दा समस्याः वरिष्ठ अधिवक्ता थापा (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ जेठ ७ गते १५:१९
राष्ट्रपतिले सामान्य विवेकसमेत प्रयोग नगर्दा समस्याः वरिष्ठ अधिवक्ता थापा (भिडियो कुराकानी)

७ जेठ २०७८ काठमाडौं । नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्पतिले सामान्य विवेकको पनि प्रयोग नगर्दा मुलुकले समस्या भोगिरहनु परेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनसँग आज कुरा गर्दै थापाले राष्ट्रपति र प्रधानमन्त्रीबीच संविधानविपरीतको मेलमिलाप भएको र राष्ट्रपतिले केपी शर्मा ओलीबाहेक अरु कसैलाई प्रधानमन्त्री देख्न नचाहेकाले अहिलेको समस्या आएको दाबी गर्नुभयो ।

राष्ट्रपतिले संविधानविपरीतका गतिविधिमा प्रधानमन्त्रीलाई साथ दिँदा संविधान र संसद नै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुगेको थापाको भनाइ छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान र संसदलाई मास्ने योजना बनिरहेको भन्दै थापाले अब त्यसको रक्षा गर्ने जिम्मा दलहरुको काँधमा आएको बताउनुभयो ।

त्यसका लागि आजै संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष समावेदन दिने र त्यो बैठकबाट प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत यति गते लिन्छु भनेर आफै दिन तोक्ने अधिकार नभएको भन्दै थापाले ३० दिनमा राष्ट्रपतिले नै तोक्नुपर्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्