खेलकूद

पीएसजीले जित्यो फ्रेञ्च कप फूटबलको उपाधि

हिमालय टिभी
२०७८ जेठ ६ गते ८:०४
पीएसजीले जित्यो फ्रेञ्च कप फूटबलको उपाधि

६ जेठ २०७८ काठमाडौं । कोपा डे फ्रान्स अर्थात फ्रेञ्च कप फूटबलको उपाधि साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले जितेको छ ।

चिर प्रतिद्वन्द्वी मोनाकोलाई २–० गोलले हराउँदै पीएसजीले उपाधि रक्षा गरेको हो ।

फ्रान्सको राष्ट्रिय रंगशाला स्टेट डि फ्रान्समा सम्पन्न फाइनलमा पीएसजीको जितमा माउरो इकार्डी र केलियन एम्बाप्पेले एकएक गोल गरे । इकार्डीले १९औ र एम्बाप्पेले ८१औं मिनेटमा गोल गरेका थिए ।

पीएसजीको यो १४ औं फ्रेञ्च कपको उपाधि हो । उता ११ वर्षपछि मोनाको फाइनलमा पुगेपनि उपाधि जित्न असफल रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्