समाज

बाँकेमा घट्न थाल्यो कोरोना संक्रमण दर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते १८:३९
बाँकेमा घट्न थाल्यो कोरोना संक्रमण दर (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ बाँके । बाँकेमा कोरोना संक्रमणको दर घटन थालेको छ । नेपालगञ्ज प्रयोगशालामा सोमबार र मंगलबार गरिएको पीसीआर परीक्षणको रिपोर्टले संक्रमण विस्तारै घट्न थालेको देखिएको हो ।

जेठ ३ गते ३ सय ३६ जनाको स्वाब परीक्षण गर्दा १ सय ४९ अर्थात करिब ४१ प्रतिशतमा संक्रमण देखिएको छ ।

यस्तै जेठ ४ गते १ हजार १५ जनाको स्वाब परिक्षण गर्दा ४सय ४७ जनामा संक्रमण अर्थात ४४ प्रतिशतमा संक्रमण देखिएको छ ।

वैशाखको अन्तिम हप्ता परिक्षण गरिएका मध्ये ७६ प्रतिशतसम्ममा संक्रमण देखिने गरेकोमा अहिले भने ४०(४५ प्रतिशतमा संक्रमण देखिने गरेको हो । पहिलाको तुलनामा केही घटे पनि ४०(४५ प्रतिशतमा संक्रमण देखिनु भनेको संक्रमण धेरै नै हुनु हो ।

संक्रमण केही कम भए पनि भेरी अस्पतालले बेड भरिएका कारण अझै पनि टेन्टमा नै राखेर संक्रमितको उपचार गरिरहेको छ । त्यसैले अस्पतालले अझै एक दुई हप्ताको स्थिति हेरेर मात्र संक्रमण घटेको हो हैन एकीन हुने बताएको छ ।

वैशाखको अन्तिम हप्ता बाँकेमा मात्रै एक दिनमा १० जना सम्म संक्रमितको मृत्यु हुने गरेको थियो । मृतकको संख्या पनि अहिले केही घटेको छ । कोरोना संक्रमणको दोस्रो लहरको सुरुमै बाँके कोरोनाको हट स्पट बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *