पोखरीमा डुबेर सप्तरीमा दुई किशोरीको मृत्यु

रासस
२०७८ जेठ ५ गते १८:१७

पोखरीमा डुबेर सप्तरीमा दुई किशोरीको मृत्यु

५ जेठ २०७८ सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।

नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो ।

रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताउनुभयो ।

पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs