राजनीति

प्रधानमन्त्री ओलीबाटै निर्वाचन आचारसंहिता उल्लंघन, आयोगले दियो चेतावनी

हिमालय टिभी
२०७८ जेठ ५ गते १४:५६
प्रधानमन्त्री ओलीबाटै निर्वाचन आचारसंहिता उल्लंघन, आयोगले दियो चेतावनी

५ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्वाचन आचार संहिता उल्लंघन भएको छ ।

राष्ट्रिय सभा उपचुनावमा गृहमन्त्री रामबहादुर थापालाई भोट मागेर प्रधानमन्त्री ओलीले निर्वाचन आचार संहिता उल्लंघन गर्नुभएको हो । निर्वाचन आयोगले जेठ ३ गते रातिदेखि भोट माग्न र चुनाव प्रचार प्रसार नपाइने गरी मौन अवधि लगाए पनि प्रधानमन्त्री ओली त्यसको बेवास्ता गर्नुभएको छ ।

आयोगले चुनाव प्रचारप्रसार गर्न र मत माग्न नपाइने, तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट पनि मत माग्न नपाइने प्रष्ट पारे पनि प्रधानमन्त्री ओलीले दुई पृष्ठको अपील निकालेर थापाका लागि भोट माग्नुभएको छ ।

निर्वाचन आचारसंहिता २०७२ मा पनि मौन अवधिमा पालन गर्नुपर्ने आचरण बुँदामा –निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुनेु भनिएको छ । साथै आचारसंहितामा नेपाल र प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।

तर प्रधानमन्त्रीले त्यसको कुनै मतलव गर्नुभएको छैन ।

यसैबीच निर्वाचन आयोगले विज्ञप्ति निकालेर आचार संहित केही विज्ञप्ति निकाल्ने, वक्तव्य दिने र प्रचार प्रसार गर्ने गरेको भन्दै आपत्ति जनाएको छ । आयोगले आचार संहिता उल्लंघन गर्नेहरुको अभिलेख राखेर कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

आचार संहितको उल्लंघन स्वीकार्य नहुने पनि आयोगले प्रष्ट पारेको छ । प्रधानमन्त्री ओली विरुद्ध उजुरी परेमा आयोगले जाँचबुझ गरी एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्