निषेधाज्ञामा ऋणीले जरिवाना तिर्न नपर्ने

४ जेठ २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
यसैगरी निषेधाज्ञा र निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गर्ने भएको छ ।
यस्तै राष्ट्र बैंकले अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्न कर्जा चाहिएमा बैंक तथा वित्तीय संस्थाले आधार दरमा नै ऋण उपलब्ध गराउने पनि राष्ट्र बैंकले बताएको छ ।
अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया