समाज

कोरोना महामारी भयावह बन्ने भएकाले निषेधाज्ञा पालना गर्न चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते १६:४२
कोरोना महामारी भयावह बन्ने भएकाले निषेधाज्ञा पालना गर्न चिकित्सकको सुझाव (भिडियो  रिपोर्टसहित)

४ जेठ २०७८ धनगढी । कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । यो बीचमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा ५ हजार पैदल यात्री र ९ हजार सवारी साधनलाई कारबाही गरिएको छ । निषेधाज्ञा पालन नगरे स्थिति नियन्त्रणबाहिर जाने भन्ने पूर्ण पालना गर्न चिकित्सकले आग्रह गरेका छन् ।

यो हो कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउँ क्षेत्रको । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निषेधाज्ञा उल्लंघन गरेका मानिसलाई मझगाउँ विमानस्थलमा यसरी होल्ड गर्ने गरेको छ ।

उनीहरुलाई यसरी केहीबेर होल्ड गरेर घर फर्काइन्छ । कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । तर त्यसको राम्ररी पालना भइरहेको छैन ।

भारतसँग सीमा नाका जोडिएको जिल्ला भएकाले पनि सुदूरपश्चिमका अरु जिल्लाभन्दा पनि यो कञ्चनपुर बढी जोखिममा छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सबै एक भएर लाग्नुपर्ने भएकाले घरमै बस्न र स्वास्थ्य मापदण्डको पालना गर्न चिकित्सकले आग्रह गरेका छन् ।

निषेधाज्ञाको पालना गराउन प्रहरी प्रशासन लागि परेको छ । ट्राफिक प्रहरीले सडकमा मानिस के कारण निस्केका हुन् र कुन संस्थाको मानिस कति बाहिर निस्कन्छन् भनेर तथ्यांक राखिरहेको छ । र उसले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनको उपाय खोजिरहेको छ ।

निषेधाज्ञा अवज्ञा गर्ने ५ हजार पैदलयात्राी र ९ हजार सवारी साधन कारबाहीमा परेका छन् । महामारीका समयमा कालोबजारी हुन सक्ने भन्दै प्रहरीले त्यतातिर पनि ध्यान दिरहेको छ ।

अहिले कञ्चनपुरमा बढी रहेको कोरोनाको संक्रमण र मृत्युदरले भयावह स्थितिको आँकलन गर्न सकिन्छ । तसर्थ महामारीमा सरकार र अस्पतालको भरमा बाँच्नु भन्दा पनि निषेधाज्ञाको पालना गरी स्वास्थ्यको मापदण्ड अपनाइ घरमा बस्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *