अन्तर्वार्ता

कोरोनाको तेस्रो लहरको सम्भावना उच्च छ : डाक्टर लोचन कार्की (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते १४:०६
कोरोनाको तेस्रो लहरको सम्भावना उच्च छ : डाक्टर लोचन कार्की (भिडियो कुराकानीसहित)

४ जेठ २०७८ काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको सम्भावना उच्च रहेको भन्दै अहिलेदेखि नै त्यसको तयारीमा जुट्नुपर्ने बताउनु भएको छ ।

हिमालय टेलिभजनसँग कुरा गर्दै डाक्टर कार्कीले पहिलो र दोस्रो लहरबाट सिकेका कुरा व्यवहारमा प्रयोग गर्दै थप तयारीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तेस्रो लहरमा जनशक्तिको पनि अभाव हुन सक्ने भन्दै डाक्टर कार्कीले स्वास्थ्यकर्मी थपेर उनीहरुलाई तालिम दिएर दक्ष बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अबका केही दिनमा दोस्रो लहरको प्रभाव कम हुँदै जाने उहाँले बताउनुभयो । तैपनि थप सतर्कता अपनाउन सबैलाई डाक्टर कार्कीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्