खेलकूद

च्याम्पियन्स लीगको फाइनलमा म्यानचेष्टर सिटीका अग्युरो पर्नेनपर्ने अनिश्चित

हिमालय टिभी
२०७८ जेठ ४ गते ८:४४
च्याम्पियन्स लीगको फाइनलमा म्यानचेष्टर सिटीका अग्युरो पर्नेनपर्ने अनिश्चित

४ जेठ २०७८ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको फाइनल खेलमा म्यानचेष्टर सिटीका सर्जियो अग्युरो पर्ने अनिश्चित देखिएको छ ।

प्रशिक्षक पेप गार्डिवलाले फाइनलका लागि छानिने खेलाडीको पहिलो रोजाइमा अग्युरोको पूर्ण सम्भावना नरहेको बताएका छन् ।

उनले आफ्नो टोली छनौट भावनामा नभइ आवश्यकतामा आधारित हुने बताए । जितका लागि आफूले उत्तम निर्णय लिनेमा गार्डिवलाको जोड छ । अग्युरो यस सिजनको अन्त्यसँगै १० वर्षपछि सिटीबाट बाहिरिँदै छन् ।

आगामी आइतबार सिजन सकिनु पूर्व फिटनेश परीक्षणको सामना गर्नु पर्नेछ । मे २९ मा चेल्सीसँग हुने फाइनल खेलका लागि खेलाडीको छनौट जित निकाल्न सकिने आधारमा हुने गार्डिवलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्