खेलकूद

बार्सिलोनाले जित्यो महिलातर्फको च्याम्पियन्स लीगको उपाधि

हिमालय टिभी
२०७८ जेठ ३ गते ७:४६
बार्सिलोनाले जित्यो महिलातर्फको च्याम्पियन्स लीगको उपाधि

३ जेठ २०७८ इजरायल । महिलातर्फको च्याम्पियन्स लीग फूटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।

इंग्लिस क्लब चेल्सीमाथि ४–० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले पहिलो पटक उपाधि उचालेको हो । खेलको पहिलो मिनेटमै बार्सिलोनाले मेलानी ल्युपोल्जको आत्मघाती गोलसँगै अग्रता बनायो ।

१४औं मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारिन् । त्यसपछि बार्सिलोनाका लागि २०औं मिनेटमा एटाना बोनमती र ३६ औं मिनेटमा हान्सेनले गोल गरेका थिए ।

भित्र बार्सिलोनाले चेल्सीको पोस्टमा चार गोल गरिसकेको थियो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन । उता चेल्सी पनि पहिलो पटक फाइनलमा पुगेको थियो ।

उता चेल्सीको पुरुष टोलीले पनि च्याम्पियन्स लीगको उपाधिका लागि म्यानचेष्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्