आर्थिक

कोरोना नियन्त्रणमा ४ अर्ब ३१ करोड ८५ लाख खर्च गर्ने सहमति

हिमालय टिभी
२०७८ जेठ २ गते १९:१०
कोरोना नियन्त्रणमा ४ अर्ब ३१ करोड ८५ लाख खर्च गर्ने सहमति

२ जेठ २०७८ काठमाडौं । कोभिड–नाइन्टिनको रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ खर्च गर्न सहमति दिएको छ ।

यो रकम अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरीदका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक खरीदका लागि २ अर्ब ९५ करोड २० लाखको सहमति दिएको हो ।

यस्तै, केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको सहमति दिएको छ ।

कोभिड–नाइन्टिनको रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुसार अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *