आर्थिक

७३ जिल्लामा निषेधाज्ञा भए पनि सरकारले कर तिर्ने म्याद थप नगर्ने

हिमालय टिभी
२०७८ जेठ २ गते १५:२४
७३ जिल्लामा निषेधाज्ञा भए पनि सरकारले कर तिर्ने म्याद थप नगर्ने

२ जेठ २०७८ काठमाडौं । देशका ७३ वटा जिल्लामा निषेधाज्ञा जारी भए पनि सरकारले कर तिर्ने म्याद नथप्ने भएको छ।

निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले सरकारसँग कर तिर्ने म्याद थप गर्न माग गरिरहेका छन् । तर वैशाखमा निषेधाज्ञाकै बिचमा पनि सोचे अनुसार नै कर संकलन भएको भन्दै आन्तरिक राजश्व विभागले कर तिर्नका लागि समय नथप्ने भएको हो ।

अनलाइन माध्यमबाट जति पनि रकम कर तिर्न सकिने व्यवस्था गरेको भन्दै तत्काल म्याद थप नहुने भएको हो । वैशाखमा विभागले ३४ अर्ब रुपैयाँ कर संकलनको लक्ष्य लिएको थियो। निषेधाज्ञाका बिचमा पनि लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन भएको छ ।

यस्तै चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ७२ अर्ब, २८ करोड, ६१ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकोमा त्यसको ७५ प्रतिशत भन्दा बढि रकम उठिसकेको छ ।

अर्थात सरकारले वैशाख मसान्तसम्ममा ८ खर्ब ५ अर्ब ९९ करोड रुपैयाँ कुल राजश्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *