अन्तर्वार्ता

पार्टी विधान नमान्ने भए पार्टी छोड्न ठाकुर र महतोलाई यादवको चेतावनी (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ जेठ २ गते १५:२०
पार्टी विधान नमान्ने भए पार्टी छोड्न ठाकुर र महतोलाई यादवको चेतावनी (भिडियो कुराकानीसहित)

२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीकी संघीय सांसद एबं केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणु यादवले विधान नमान्ने भए महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाइ पार्टी छोड्न चेतावनी दिनुभएको छ ।

हिमालय टेलिभिजनसितको कुराकानीमा नेतृ यादवले ठाकुर र महतोले पार्टीको नीतिविपरीतका गतिविधि गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

ठाकुर–महतो पक्षले पार्टीको बैठक नै नगरी विधान मिचेर अघि बढेकाले जसपाभित्र विवाद देखिएको उहाँको दावी छ । राजपा र संघीय समाजवादीबीच एकता भएर जसपा बने पनि अहिलेसम्म संसदीय दलको विधान नबनेको र कार्यकारिणी समितिले अनुमोदन पनि नगरी सांसदलाई होटलमा थुनेर बनाइएको संसदीय दलको नेताले मान्यता नपाउने नेतृ यादवले बताउनुभयो ।

केही दिनअघि बहुमत सांसद आफूहरुसँग रहेको भन्दै ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । जुन यादव पक्षले नमान्ने चेतावनी दिइरहेको छ ।

वरिष्ठताका आधारमा प्रथम अध्यक्ष ठाकुर र द्वितीय अध्यक्ष यादव भए पनि अधिकार र जिम्मेवादी दुबैको समान रहेको नेतृ यादवले बताउनुभयो । ठाकुर पक्षले भने निर्णय गर्ने अधिकार आफूहरुलाई बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्