आर्थिक

वैशाख मसान्तसम्मको राजस्व संकलन सन्तोषजनक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते २०:४७
वैशाख मसान्तसम्मको राजस्व संकलन सन्तोषजनक (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । यस वर्ष कोरोना सक्रमणले अर्थतन्त्रलाई ठुलो असर गरे पनि वैशाखसम्म राजस्व संकलन सन्तोषजनक रुपमा संकलन भएको छ । महालेखा लेखा नियन्त्रक कार्यलयको वैखाशसम्ममाको कुल राजस्व संकलनलाई हेर्ने हो भने सरकारले लिएको लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको देखिन्छ ।

कर राजश्व संकलनमा लक्ष्य अनुसार नै अघि बढेको सरकारले यो आर्थिक वर्षमा वैदेशिक ऋण तथा अनुदान भने सोचे अनुसार पाएको छैन ।

चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ७२ अर्ब, २८ करोड, ६१ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको छ ।

गएको १० महिनामा सरकारले उठाउने राजस्व र अनुदान वापतको कर लक्ष्यको ७५ प्रतिशतभन्दा बढि उठिसकेको छ । अर्थात वैशाख मसान्तसम्ममा ८ खर्ब ५ अर्ब ९९ करोड, ३८ लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ ।

२०७७–७८ को आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी छ । यो दुई महिनामा सरकारले अब लक्ष्यको २५ प्रतिशत राजश्व उठाउनु पर्ने छ । आर्थिक वर्षको अन्त्यमा राजश्व तथा कर धेरै उठ्ने भएकाले सरकारको लक्ष्य पूरा हुने संकेत छ ।

सरकारको आम्दानीको नियमित र प्रमुख स्रोत मानिने कर राजस्वतर्फ ७७ प्रतिशतभन्दा धेरै उठेको छ । आर्थिक वर्षको बजेटमा ९ खर्ब, १२ अर्ब, ९४ करोठ, ९० लाख लक्ष्य राखिएको थियो । जसमा बैखाश मसान्तसम्म सरकारले ७ खर्ब, ९ अर्ब ६१ करोड कर उठाएको हो ।

यस्तै गैरकर राजस्वमा भने सरकारले ५२ प्रतिशत रकम मात्र संकलन गरेको छ । ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ गैरकर राजस्व उठाउने लक्ष्य राखिएकोमा ५१ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लक्ष्य अनुसार नै कर राजस्व संकलन गरे पनि सकारले यस आर्थिक वर्षमा वैदेशिक ऋण तथा अनुदान भने सोचे अनुसार पाएको छैन । महालेखाको तथ्याङ्क हेर्दा वैशाखसम्म कुल लक्ष्यको १६ दशमलव ६५ प्रतिशतमात्र अनुदान रकम आएको छ ।

६० अर्ब ५२ करोड, ७७ लाख ल्याउने अपेक्षा गरिएको भए पनि आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी रहँदा १० अर्ब ७ करोड ५४ लाखमात्र संकलन भएको छ । विश्वभरी आएको कोभिड–१९ को महामारीको कारण सरकारले यस आर्थिक वर्षमा लिएको अनुदानवापतको आम्दानी घटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *