खेलकूद
नेपाल सुपर लीगको उपाधिका लागि धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा
२०७८ जेठ १ गते ९:०३

१ जेठ २०७८ काठमाडौं । नेपाल सुपर लीगको उपाधिका लागि आज दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो संस्करणको प्रतियोगिताको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजेबाट शुरु हुनेछ ।
धनगढीले पहिले क्वालिफायरमा काठमाडौंलाई नै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो भने दोस्रो मौका पाएको काठमाडौंले ललितपुर सिटी एफसीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतिक्रिया