खेलकूद

प्रिमियर लीग फूटबलमा उपाधि विजेता म्यानचेष्टर सिटी विजयी

हिमालय टिभी
२०७८ जेठ १ गते ७:५८
प्रिमियर लीग फूटबलमा उपाधि विजेता म्यानचेष्टर सिटी विजयी

१ जेठ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उपाधि विजेता म्यानचेष्टर सिटी विजयी भएको छ ।

प्रिमियर लीगको पछिल्लो खेलमा च्याम्पियन सिटीले न्यूक्यासल युनाइटेडमाथि ४३ गोलको संघर्षपूर्ण जित निकालेको हो । सिटीको जितमा फेरान टोरेसले ह्याट्रिक पूरा गरे ।

घरेलु मैदानमा न्यूक्यासलले २५औं मिनेटमा इमिल क्राफ्तको गोलसँगै अग्रता बनायो । ३९औं मिनेटमा सिटीका लागि जोआ कान्सेलो र ४२औं मिनेटमा टोरेसले गोल थपे ।

न्यूक्यासलकातर्फबाट पहिलो हाफको इञ्जुरी समयमा जोयल्टिन र ६२औं मिनेटमा जो विललकले गोल गरेका थिए । टोरेसले ६४औं र ६६औं मिनेटमा गोल गरेपछि सिटीले खेलमा ४-३ को अग्रता बनायो ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । पछिल्लो चार सिजनमा तेस्रो पटक विजेता बनेको सिटीले ३६ खेलबाट ८३ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्