खेलकूद

च्याम्पियन्स लीगमा लिभरपुलको प्रभावशाली जित

हिमालय टिभी
२०७८ वैशाख ३१ गते ८:१५
च्याम्पियन्स लीगमा लिभरपुलको प्रभावशाली जित

३१ वैशाख २०७८ काठमाडौं । म्यानचेस्टर युनाईटेडमाथि प्रभावशाली जित निकाल्दै लिभरपुलले च्याम्पियन्स लीगमा छनोटको सम्भावना बलियो बनाएको छ ।

इंग्लिस प्रिमियर लीग अन्तरगत गएराति भएको खेलमा लिभरपुलले म्यान्युलाई ४–२ ले हराएको हो । म्यान्युका लागि खेलको दशौं मिनेटमै ब्रुमो फर्नान्डेजले अग्रता दिलाए ।

लिभरपुलले ३४ औं मिनेटमा जोटाको गोलबाट खेल बराबरीमा ल्यायो । फिरमिन्होले खेलको ४५ र ४७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

म्यान्युका लागि रासफोर्डले ६८ औं मिनेटमा गोल गरे । तर मोहम्मद सलाहले ९० औं मिनेटमा गोल गरेपछि लिभरपुल ४२ ले विजयी भयो ।

३६ खेल खेलेको म्यान्यु ७० अंकसहित लीगको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६० अंकसहित अंकतालिकाको पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्