खेलकूद
म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लीग फूटबलको उपाधि
२०७८ वैशाख २९ गते ८:४६
२९ वैशाख २०७८ काठमडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लीग फूटबलको उपाधि जितेको छ ।
प्रिमियर लीगमा तेस्रो स्थानको लेष्टर सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडलाई हराएसँगै सिटी पाँचौं पटक च्याम्पियन बनेको हो ।
यस्तै सिटीको यो पछिल्लो चार सिजनमा तेस्रो उपाधि हो । लीगमा अब तीन खेल मात्र बाँकी रहँदा सिटीको ८० अंक छ ।
उता लेष्टरले युनाइटेडमाथि २१ गोलको जित निकाल्दै च्याम्पियन्स लीग प्रवेशको सम्भावना थप बलियो पारेको छ । अवे मैदानमा लेष्टरका लागि ल्युक थोमस र काग्लर सोयुन्चुले गोल गरे ।
युनाइटेडका तर्फबाट मासन ग्रीनउडले एक गोल फर्काए । जितसँगै लेष्टरले ३६ खेलबाट ६६ अंक जोड्दा युनाइटेडको ३५ खेलबाट ७० अंक छ । प्रिमियर लीगकै अर्को खेलमा साउथह्याम्टनले क्रिष्टर प्यालेसलाई ३-१ ले हरायो ।
प्रतिक्रिया