खेलकूद
प्रिमियर लीगमा फूलह्याममाथि बर्नलीको सहज जित
२०७८ वैशाख २८ गते ८:४०

२८ वैशाख २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा बर्नलीले सहज जित निकालेको छ ।
लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बर्नलीले रेलिगेशन जोनको फूलह्याममाथि २० गोलको जित निकालेको हो ।
अवे मैदानमा बर्नलीका लागि एस्ले वेष्टउड र क्रिस उडले गोल गरे । वेष्टउडले ३५ औं र उडले ४४ मिनेटमा गोल गरेका थिए ।
जितसँगै ३५ खेलबाट ३९ अंक जोड्दै बर्नली तालिकाको १४औं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया